Nirvik Khabar

जेनजी आन्दोलनमा फरार दुई व्यक्ति प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर भाग्दै गर्दा पक्राउ

Advertisements
Single Page Long - 2

गत भाद्र २४ गते कारागारबाट फरार २ जना व्यक्ति लुटपाटका सामानसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ३ चपली भद्रकाली बस्ने वर्ष ४० को गणेश कार्की र ईलाम घर भइ विभिन्न धर्मशालामा बस्ने वर्ष ३१ को विष्णु गुरुङ रहेका छन्।यही जेठ १६ गते, काठमाडौँको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाट गरी फरार उनीहरूलाई खोजतलास गर्ने क्रममा प्रहरीले काठमाडौँ महानगरपालिका–३२ जडिबुटी मनोहरा खोला करिडोरबाट पक्राउ गरेको हो।कार्कीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी कर्मचारीलाई समेत खुर्सानीको धुलो आँखामा हाली प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। कार्कीलाई लुटपाट गरेको सिक्री थान १, मोबाइल थान १ र खुकुरी थान १ सहित पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका गणेश कार्की श्रृंखलावद्ध अपराधमा संलग्न व्यक्ति हुन्। उनीविरुद्ध २०६४ मंसिर ९ गते अभद्र व्यवहार तथा हातहतियार खरखजाना र २०६८ वैशाख २ गते कर्तव्य ज्यान मुद्दा दायर भएको छ। त्यसअन्तर्गत २०६८ असार २० देखि २०७८ असोज ३ सम्म कैद सजाय भुक्तान गरेको पाइएको छ।यस्तै, २०७८ फागुन ३ गते चोरी मुद्दा र फागुन २६ गते डाँका चोरी मुद्दा कायम भएको देखिएको छ। २०७९ सालमा डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भइ केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। त्यसपछि पनि उनले विभिन्न आपराधिक कार्य गरेको खुल्न आएको छ।

काठमाडौँको कपनमा प्रहरी माथि धुलो खुर्सानी फालेर आक्रमण गरेका उनले ०८२ असोज ७ गते गौशालामा बिजुली पसल चोरी लुटपाट गरेका थिए भने  माघ ११ गते गौशालामा विदेश जाने व्यक्तिको नगद रु ५ हजार र मोबाइल फोन लुटपाट गरेका थिए।यसैगरी चैत्रतमा शान्तिनगरमा मोबाइल लुटपाट, प्रहरी हुँ भनि फागुन महिनामा तिलगंगामा लागुऔषध र नगद लुटपाट, पशुपति मन्दिर आसपास साँझ विभिन्न व्यक्तिहरूलाई लुटपाट गर्ने गरेको, जोरपाटी क्षेत्रमा पनि प्रहरी हुँ भनि लागुऔषध लुटपाट गरेको पाइएको छ। पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस