अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर युद्धविरामलाई थप तीन साताका लागि लम्ब्याइएको घोषणा गरेका छन्।आगामी आइतबार समाप्त हुन लागेको युद्धविरामको अवधि थपिएसँगै ट्रम्पले निकट भविष्यमै इजरायली र लेबनानी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने इच्छा समेत व्यक्त गरेका छन्।
उनले इरानसँगको सम्झौतामा आफूले कुनै किसिमको ‘हतार’ नगर्ने स्पष्ट पार्दै अहिलेको परिस्थितिमा तेहरानले नै छिटो निर्णय लिनुपर्ने आशय व्यक्त गरेका छन्।अमेरिकी प्रशासनको यो कदमले मध्यपूर्वमा जारी द्वन्द्व न्यूनीकरणका लागि केही आशा जगाए पनि इरानसँगको बढ्दो टकरावले नयाँ अनिश्चितता सिर्जना गरेको छ।


































Discussion about this post