Skip to main content

Nirvik Khabar

ओलीले बालेनसँग हार बेहोरेको झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम

Advertisements
Single Page Long - 2

झापा ५ मा नेकपा एमालेले समानुपातिक तर्फ पनि रास्वपाकोभन्दा निकै कम मत ल्याएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम मतसहित दोश्रो भएको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार झापा ५ मा रास्वपाले समानुपातिकतर्फ सबैभन्दा बढी ५२ हजार ८१५ मत प्राप्त गरेको छ।

एमालेले यहाँ समानुपातिकतर्फ १५ हजार ८९ मत मात्रै पाएको छ।एमालेपछि हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले धेरै मत ल्याएको छ। उसले ८ हजार ८३९ मत प्राप्त गर्दा कांग्रसले ४ हजार ८८ मत पाएको छ। राप्रपाले ३ हजार ४०१ मत पाउँदा यहाँ नेकपाले १६ सय ६० मत पाएको छ।

झापा ५ बाट एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरले विजयी भएका थिए।शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमात्रै पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस