प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रविन्द्र पटेल विजयी भएका छन् । आइतबार (फागुन २४) सार्वजनिक अन्तिम मत परिणाममा २७ हजार ३१८ मत प्राप्त गर्दै उनी सांसद चुनिएका हुन्
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका उमेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत ल्याए । तेस्रो स्थानमा रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नौ हजार ८९० मत पाए । ०७९ सालको निर्वाचनमा साह यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसपालि नेकपा (एमाले)का उमेदवार कुन्दनप्रसाद कुशवाहाले ६ हजार ६०५ मत प्राप्त गरे । नेपाली कांग्रेसका उमेदवार रामकृष्णप्रसाद यादवले ६ हजार ४२० मत ल्याए ।छैटौँ स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार पुनम देवीले तीन हजार ८८१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
































Discussion about this post