Nirvik Khabar

बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी

निर्भीक खबर
निर्भीक खबर

नेपालगन्ज– बाँकेको जयन्दु बाल सुधार गृहमा रहेका किशोर र युवाहरूले तोडफोड गरेका छन् । डुडुवा गाउँपालिका-६ स्थित सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड सुरु गरेका हुन् । उनीहरूले प्रहरीलाई गाली गलोज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त थियो ।

तोडफोडका क्रममा सुधार गृहको झ्यालका सबै सिसा फुटेका छन् । सुधार गृहमा पसेर बल प्रयोग गर्न नपाउने कानुनी प्रावधानका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ । कानुनी विवादमा परेर सुधार गृहमा राखिएकाहरूले आक्रोश स्वरूप होहल्ला गर्दै तोडफोडमा उत्रिएको प्रहरीको भनाई छ । सुधार गृहमा करिब ३ सय जना बालबन्दीहरु छन् ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available