Nirvik Khabar

रेडियो संकेतको तीज गीत कार्यक्रममा भानु आदर्श कृषि समुह कावासोती प्रथम

गैंडाकोट, भदौ ३० ।

रेडियो संकेत ९३ मेगाहर्जले आयोजना गरेको प्रतिस्पर्धात्मक तीज गीत कार्यक्रम २०८० मा भानु आदर्श कृषि समुह कावासोती प्रथम भएको छ । गैंडाकोट नगरकी उप मेयर शान्ति कोइरालाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा द्वितीय र तृतीय हुनेमा क्रमश: सरस्वती निकेतन बोर्डिङ स्कूल गैंडाकोट र गैंडाकोट प्रगति महिला समुह गैंडाकोट १ रहेकाछन् । यसैगरी सृजनशिल महिला समुह गैंडाकोटलेे सान्त्वना पुरस्कार प्राप्त गरेको छ । प्रशिद्ध लोक दोहोरी गायक अमर बिरही गुरुङको नेतृत्वमा बनेको निर्णायक मण्डलले प्रतिस्पर्धीहरुको मुल्यांकन गरेको थियो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश: नगद रु १५ हजार, १० हजार, ७ हजार ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । बिजयी टिमहरूलाई रेडियो संकेतका संचालन समिति सदस्य षडानन्द लामिछाने र स्टेशन म्यानेजर सुजन अधिकारीले प्रमाणपत्र सहिद पुरस्कार प्रदान गर्नुभएको थियो ।

गैंडाकोट २ को मनकामना आमा समुह सहआयोजक रहेको उक्त प्रतियोगीतामा १५ टिमले सहभागिता जनाएका थिए । रेडियो संचालक समिती अध्यक्ष चिरञ्जीवी श्रेष्ठले कार्यक्रमको अध्यक्षता र सह अध्यक्षता मनकामना आमा समूह अध्यक्ष बिष्णु अर्यालले गरेका थिए ।
कार्यक्रमको मुख्य प्रायोजकमा भरतपुरमा रहेको आरम्भ कलेज भरतपुर र कनेक्ट अष्ट्रेलियन एजुकेशन एण्ड भिषा सर्भिसेस नारायणगढ र एम्स एजुकेशन एब्रेड गैंडाकोटले प्रायोजन गरेको थियो । यसैगरि गैंडाकोट नगरपालिकाको कार्यालयले कार्यक्रमको प्रवर्धन गरेको थियो । गैंडाकोट ५ मा रहेको रेडियो संकेतले स्थापना कालदेखिनै प्रत्येक वर्ष तिजका अवसरमा तिज गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

शुक्रबार गैंडाकोटको द नारायणी होटलको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मीहरु राजेन्द्र पौडेल र सुरज पौडेलले गर्नुभएको थियो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस