धनगढी, २८ भदौ
डडेल्धुरामा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको छ भने सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएको डडेल्धुरा अस्पताल डडेल्धुरा पुगेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले जानकारी दिए ।
धनगढीबाट डोटी तर्फ आइरहेको अटो हगुल्टे नजिकै दुर्घटना भएको छ । घाइते एक जनालाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।
Discussion about this post