क्यानडा । गैरआवासाीय नेपाली संघ (एनआरएनए) क्यानडाको सदस्यमा युवा व्यवसायी कमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् । ज्ञवालीले आउँदो जुलाई ३० मा हुने निर्वाचनमा क्यानडाको ब्राम्टन क्षेत्रबाट उमेदबार बन्ने घोषणा गरेका हुन् । सदस्यका आकांक्षी ज्ञवाली पेशाले रियल्टर र ड्राइभिङ इन्सटक्टर हुन् ।
विगत ९ वर्षदेखि एनआरएनएसँग जोडिएर क्यानडमा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएका ज्ञवालीले नेपाली नेपालीहरुविच भातृत्व बढाउन,एनआरएनएलाई गतिशिल र पारदर्शी बनाउन आफुले सदस्य पदमा उम्मेदवारी दिएको बताए ।
‘समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ। एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ। यहि प्रेरणा र माथि उल्लेखित संस्थागत अनुभबका साथ म अगाडि वढ्ने निर्णय गरेको छु,’ उनले भनेका छन् ।
ज्ञवालीले नेपालको कला, गीत संगीत र परम्परा अमुल्य निधि भएको भन्दै विश्वका अन्य देशहरुको तुलानामा नेपालको भाषा, कला, संस्कृति र संगीत अब्बल भएको भन्दै यसलाई अन्तराष्ट्रिय स्तरमै फैलाउन आफुले विशेष पहल गर्ने समेत बताएका छन् ।
अहिलेसम्मका योगदान र ब्यक्तिगत दक्षतालाई हेर्दै क्यानडाका ब्रमन्टनबासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ ।उनले सदस्यका रूपमा आफ्नो दुई वर्षे कार्यकालमा काम गर्नका लागि योजना समेत तयार पारिसकेको भन्दै केही समयपछि त्यसलाई सार्वजनिक गर्ने बताए ।
पश्चिम नेपालको गुल्मीमा जन्मेका ज्ञवाली कुशल सञ्चारकर्मी समेत हुन् । सबैलाई सम्मान गर्ने नम्र स्वभाव भएका उनि सबै वर्ग र समुदायसँग परिचित समेत छन् ।
Discussion about this post