Nirvik Khabar

चितवनबाट जनकपुर जाँदै गरेको बस हेटौंडामा दुर्घटना, ४९ यात्रु घाइते

निर्भीक खबर
निर्भीक खबर

मकवानपुर,असार १५

हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब २ बजे चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ ।

घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर सडबाट तल खसेको प्रहरीले जनाएको छ । उक्त स्थानमा सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र चालक सम्पर्कमा नरहेको उनले बताए ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available