चितवन । ३१औं वन्यजन्तु सप्ताहको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको आयोजनामा मेघौली उपभोक्ता समिति अन्तर्गत पर्ने राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सरसफाई गरिएको छ ।
कार्यक्रममा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समिति सह–आयोजकका रूपमा सक्रिय रहँदा मेघौली रेन्जर पोस्ट, श्री नयाँ गोरख, मेघौली ‘घ’ गुल्म, मेघौली सामुदायिक थारु होमस्टे, नेपाल टाइगर ट्रस्ट, मेघौली घटगाई नेचर गाइड एसोसिएसन तथा मेघौली उपभोक्ता समितिको सहभागिता थियो।
सरसफाईसँगै वन क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय यो क्षेत्र वन सफारीका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

यता, गर्मी बढेसँगै जंगलभित्रको गतिविधि पनि रोचक बन्दै गएको छ। विशेषगरी बाघहरू बेतरी खोला र वनभित्रका खोल्सा तथा पोखरीहरूमा पानी पिउन र चिसो बस्न नियमित देखिन थालेका छन्। जसका कारण सफारीमा जाने पर्यटकहरूले बाघ अवलोकनको अवसर झनै बढेको स्थानीय गाइडहरू बताउँछन्।

































Discussion about this post