Nirvik Khabar

हिजो घटेको चुनचाँदीकै मूल्यमा आज पनि गिरावट

Advertisements
Single Page Long - 2

सुनचाँदीकै मूल्य आज पनि घटेको छ। हिजो घटेको सुनचाँदीकै मूल्य आज पनि घटेको हो। सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ४९ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो पनि सुनको मूल्य तोलामा ३ हजार नै घटेर तोलाको २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो। दुई दिनमा सुनकाे भाउ तोलामा ६ हजार रुपैयाँ घटिसकेको छ।

गएको आइतबार सुनको भाउ तोलामा २७ सय र सोमबार तोलामा १३ सय रुपैयाँ बढेको थियो।गत साताको बुधबार, बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। सुनको भाउ शुक्रबार तोलाको २२ सय, बिहीबार १८ सय र बुधबार आठसय रुपैयाँ घटेको थियो। त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर तोलाको ४ हजार ९१५ रुपैयाँमा झरेको छ।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस