Nirvik Khabar

नयाँ बसपार्कमा प्रहरीको स्विप अपरेसन, ७७ जना पक्राउ

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा स्विप अपरेसन चलाएर ७७ जनालाई पक्राउ गरेको छ । बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरञ्जनदत्त भट्टले  बताए ।

बुधवार राति प्रहरीले सो क्षेत्रमा ठगी र यौन धन्दा चलाउनेहरू विरुद्ध स्विप अपरेसन सञ्चालन गरेको थियो । टोखा नगरपालिका स्थित वडा नम्बर–२६ र वडा नम्बर–९ मा सञ्चालित गेस्ट हाउस, दोहोरी, डान्सबार तथा रात्रि क्लबमा आबद्ध रहेकाहरू पक्राउ परेका छन् ।

डान्सबार लगायतका रात्रि क्लबहरूमा चर्को मूल्य असुलेर ग्राहकलाई ठग्ने गुनासो बारम्बार आउने गरेको छ । पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष छन् ।प्रहरी प्रभाग नयाँ बसपार्कले बुधवार थप १५ जनालाई पक्राउ गरेको थियो । आरोपीहरूबारे अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available