Skip to main content

Nirvik Khabar

ट्रकसहित सवा २ कराेड मूल्यकाे अवैध चिनी बरामद

Advertisements
Single Page Long - 2

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ९ स्थित नयाँ राेडबाट प्रहरीले ठुलाे मात्रामा भन्सार छलीकाे चिनी सहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनकाे प्रहरी टाेलीले विशेष सुराकीकाे आधारमा चेकजाँच गर्दा नेपाल भारत सिमा स्थित बलरा नाकाबाट भन्सार छलेर नेपाल भित्रीएकाे २ वटा ट्रक र ९ सय ८० बाेरा चिनी बरामद् गरेकाे हाे । २ वटा ट्रककाे रु १ कराेड ६० लाख र ९ सय ८० बाेरा चिनीकाे अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि रु २ कराेड २८ लाख ६० हजार रहेकाे जिल्ला भन्सार कार्यालय सर्लाहीले जनाएको छ ।

बलरा नाकाबाट नेपाल भित्रिएकाे ना ७ ख ६१४५ र प्रदेश २-०३-००१ ख ६५८५ नम्बरका २ वटा ट्रकमा लाेड गरि नेपाल भित्र्याई पुर्व पश्चिम लाेकमार्गमा पुर्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय हरिवनकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाही पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ट्रक र साेमा लाेड अवस्थामा रहेकाे चिनी करिब सवा २ कराेड मूल्य बराबरकाे रहेकाे छ । साे सामान कसले र कहाँ लैजान भन्सार छलेर भित्र्याएकाे हाे भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेकाे सर्लाही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस