Nirvik Khabar

वृद्ध सासुलाई कुटिरहेको भिडिओ भाइरल भएपछि बुहारीलाई प्रहरीले नियन्त्रणमा लियो

Advertisements
Single Page Long - 2

सामाजिक सञ्जालमा भाइरल भएको वृद्ध महिलामाथि कुटपिट भइरहेको भिडिओमा प्रहरीले चासो देखाएको छ।अछामको पञ्चदेवल विनायक नगरपालिका–६ को भिडिओ भनेर सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा एक वृद्धालाई दुई महिलाले कुटपिट गरिरहेका छन्।

यो भिडिओ पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए। उनका अनुसार कुटपिट गर्ने वृद्धाकै बुहारी हुन्।सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय अछामले चासो दिँदै घटनास्थल पुगेको छ। अछामका डीएसपी नारायण डाँगीका अनुसार कुटपिट गर्ने वृद्धाका बुहारीलाई नियन्त्रणमा लिइएको छ।

‘हामी अहिले उहाँलाई जिल्ला ल्याउँदै छौँ। सदरमुकामबाट घटनास्थल पुग्न हिँडेर २/३ घण्टा लाग्छ,’ उनले भने, ‘भिडिओबारे जानकारी आएपछि घटनाबारे थप बुझ्न नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउँदै छौँ।’ जिल्ला प्रहरी कार्यालय अछाममा ल्याएर कुटपिटमा संलग्न महिलामाथि अनुसन्धान हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस