Nirvik Khabar

हतियारसहित तीन भारतीय धनुषाबाट पक्राउ

निर्भीक खबर
निर्भीक खबर

जनकपुरधाम। धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफ्फरपुर ७ साहेबगंज निवासी २९ वर्षीय राहुल रंजन, २० वर्षीय उज्जवल कुमार र २६ जर्षीय संजय कुमार रहेका छन् ।

सोमबार बीआर ६एपी३००८ नम्बरको मारुती सुजुकी कारमा सबार उनीहरुलाई धनुषाको विदेह नगरपालिका वडा नम्बर १ महिनाथपुरबाट हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उनीहरु जनकपुरधामबाट भारततर्फ गइरहेका थिए । उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले बताए ।

कारमा अगाडिपट्टीको बायाँ साइडको सिटमुनी उक्त पेस्तोल राखेको अवस्थामा बरामद भएको खत्रीले जानकारी दिए । हतियारसहित पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available