Nirvik Khabar

सिराहामा २७ केजी गाँजा बरामद, तस्कर भने फरार

काठमाडौँ- सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिका ८ बाट वितेराती ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो ।

गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा घटना अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा असरपर्ने भन्दै मोटरसाइकल नम्बर भने प्रहरीले खुलाउन चाहेनन् ।

नेपालभन्दा बढी भारतीय बजारमा गाँजाको माग बढिहुने र आमदानी पनि बढिहुने भएकोले भारतीय बजारमा बिक्रीको लागि हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले बेलाबेला गाँजा खेती नष्ट गरेता पनि यस क्षेत्रमा व्यापक गाँजा खेती हुने गरेको स्थानीयहरू बताउँछन् । यसअघि पनि उदयपुरको विभिन्न स्थानबाट जम्मा गरेको गाँजा सिराहाको विभिन्न स्थानबाट भारत जाने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस