भरतपुर । चितवनको भरतपुरमा टिभिएस मोटर कम्पनीको नयाँ इलेक्ट्रिक स्कुटर टिभीएस अर्बिटर सार्वजनिक गरिएको छ।जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको Orbiter मा 3.1 kWh ब्याट्री, 158 किमि IDC रेन्ज, 14 इन्च फ्रन्ट ह्विल, 34 लिटर बुट स्पेस, क्रुज कन्ट्रोल र हिल होल्ड असिस्ट जस्ता फिचर छन्।
स्कुटरमा मोबाइल कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, जियोफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, चोरी तथा दुर्घटना अलर्ट, OTA अपडेट र Eco/Power राइडिङ मोड उपलब्ध छन्। कम्पनीका अनुसार नेपाली सडक तथा भू–धरातलीय अवस्थालाई ध्यानमा राखेर यसको व्यापक परीक्षण गरिएको छ।
जगदम्बा मोटर्सका प्रतिनिधिहरूले TVS iQube को सफलतापछि अर्बिटरले नेपालको EV बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
सार्वजनिक कार्यक्रममा चितवनका लागि जगदम्बा मोटर्स प्रा.लि.का आधिकारिक विक्रेता, मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले भने, “चितवनमा टिभीएस अर्बिटर सार्वजनिक गर्न पाउँदा हामी गर्वित छौं। TVS iQube को उल्लेखनीय सफलतापछि टिभीएस अर्बिटरले यही गतिलाई निरन्तरता दिँदै नेपालको दुईपाङ्ग्रे EV बजारमा अग्रणी बन्ने हाम्रो यात्रालाई थप मजबुत बनाउनेमा हामी विश्वस्त छौं। देशव्यापी बलियो बिक्री तथा सेवा सञ्जालको समर्थनमा, उत्कृष्ट खरिद र स्वामित्व अनुभव सुनिश्चित गर्दै टिभीएस अर्बिटरलाई ग्राहकका लागि सहज पहुँचमा पुर्याउन हामी प्रतिबद्ध छौं। EV प्रविधिप्रति उपभोक्ताको विश्वास बढ्दै जाँदा TVS iQube र टिभीएस अर्बिटरको संयुक्त सामर्थ्यले ग्राहकलाई आफूले विश्वास गरेको ब्रान्डबाट भरपर्दो र दिगो मोबिलिटी समाधान प्रदान गर्छ।”
टिभीएस अर्बिटर नेपालमा Neon Sunburst, Cosmic Titanium र Martian Copper गरी तीन आकर्षक रंगमा उपलब्ध हुनेछ।टिभीएस अर्बिटर अब NPR 2,81,900 को परिचयात्मक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

































Discussion about this post