Skip to main content

Nirvik Khabar

हिजो बढेको सुनचाँदीकै मूल्यमा आज पनि उच्च वृद्धि

Advertisements
Single Page Long - 2

आज सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ। सुनको भाउ आज तोलामा ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ। हिजो तोलामा १ हजार रुपैयाँ बढेर सुनको भाउ २ लाख ८५ हजार ६ सय पुगेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ११० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ४ सय ८० रुपैयाँ पुगेको छ गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस