Nirvik Khabar

भरतपुर महानगरको कार्यालय अगाडि डिभाइडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

Advertisements
Single Page Long - 2

चितवन, कात्तिक ९-

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडक बन्द गर्न राखिएको डिभाइडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् ।

हिजो (बिहीवार) राति साढे १० बजे चौविसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ प ४७६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा मोटरसाइकल चालक गैडाकोट बस्ने ५० वर्षीय प्रेम परियार गम्भिर घाइते र पछाडि सवार इच्छाकामना गाउँपालिका–५ बस्ने ३३ वर्षीय पूर्णबहादुर परियार सामान्य घाइते भएका थिए ।

मोटरसाइकल चालक परियारको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति १२ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस