Nirvik Khabar

चितवनका बजारमा याक चिज उपलब्ध

Advertisements
Single Page Long - 2

चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्ना डेरीमार्टहरुमा यसको उपलव्धता गराएको हो ।सङ्घका अध्यक्ष किशोर बगालेले सङ्घले आइतबारदेखि याक चिज जिल्लामा उपलब्ध गराउन थालेको जानकारी दिनुभयो । दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन र बिक्री वितरण गर्दै आएको सो चिज जिल्लामा ल्याइएको हो ।

संस्थानले उत्पादन गरेका अन्य वस्तुहरुसमेत मार्टबाट बिक्री गर्ने तयारी गरिएको उनको भनाइ छ । उनले भने, ‘याकको चिज अहिले परीक्षणस्वरुप बिक्रीका लागि ल्याएका छौँ । ग्राहकको मागअनुसार यसको आयात बढाइने छ ।’ स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि याकको चिजलाई आफूहरुले बिक्री गर्न थालेको उनले बताए ।

सङ्घले सञ्चालन गरेको मार्टमा आफ्नै उत्पादनका दुग्ध जन्य वस्तुहरुको उपलब्ध हुँदै आएको छ । दूध, दही, पनिर, चिज, मोही, नौनी, घ्यूजस्ता वस्तु उपलब्ध हुँदै आएको छ । सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्नका लागि दुग्धजन्य वस्तुको उत्पादन गर्दै आएको हो । सङ्घले रत्ननगरमा रहेको आफ्नै उद्योगमा उत्पादित बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस