Nirvik Khabar

विश्वकप लिग-२ सिरिज: नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

Advertisements
Single Page Long - 2

 

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज (सोमबार) नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली क्रिकेट टोलीले पहिले फिल्डिङ गर्ने भएको हो।

टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले आजको खेलमा पनि अघिल्लो खेल खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन्।स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल डीएल मेथडमा २ रनले हारेको थियो।अमेरिकाविरुद्ध भने नेपालले ९ विकेटको फराकिलो जित हासिल गरेको थियो।

स्कटल्यान्डविरुद्धको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस