सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि आज (बुधबार) पेसी तोकिएको छ।
उनीहरूका रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा आजका लागि पेसी तोकेको हो।
शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोपमा व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौँको नक्सालबाट पक्राउ गरिएको थियो।यस्तै अग्रवाललाई सम्पत्ति शुद्वीकरण कसुरमा गत चैत २२ गते पक्राउ गरिएको थियो।

































Discussion about this post