Nirvik Khabar

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान

Advertisements
Single Page Long - 2

काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू पनि त्रसित बनेका छन् । पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिने अल्टिमेटम दिएपछि यहाँका बासिन्दा आन्दोलित भएका हुन् ।महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । विशेष गरी पोखरा–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी सुकुम्बासी बस्तीका बासिन्दाले वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन् ।

उनीहरूले उचित पुनःस्थापनापछि मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । नयाँ गठन गरिएको ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, कास्की’ले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।जसअनुसार वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन पृथ्वीचोकमा र्‍यालीसहित कोणसभा गर्ने योजना छ ।

पोखरा–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पोखरा नगर योजना (२०३०) र पोखरा उपत्यका गुरुयोजना (२०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा विवाद र सडक विस्तारका कारण हाल खुम्चिएर ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस