Nirvik Khabar

हिजो घटेको सुनको मूल्यमा आज पनि गिरावट, चाँदी थप महँगियो

Advertisements
Single Page Long - 2

हिजो तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ थियो।

शुक्रबार सुनको भाउ तोलामा ३४ सय रुपैयाँ बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको थियो। त्यसैगरी चाँदीको भाउ भने आज पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको ५ हजार ३० रुपैयाँ पुगेको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस