Nirvik Khabar

विङ्गर दुर्घटना हुँदा वृद्धाको मृत्यु,१० जना घाइते

सप्तरी – सप्तरीको रूपनी गाउँपालिका–५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३–००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज–रुपनी सडक खण्डमा राजविराजतर्फ जाँदै थियो । विङ्गर दुर्घटना हुँदा जिल्लाकै रुपनी गाउँपालिका–१ नकटीरायपुर घर भएकी ६८ वर्षीया यादव गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।

दुर्घटनामा परी घाइते भएकाहरूमा रुपनी–२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह घाइते भएका छन् ।

जिल्लाकै शम्भुनाथ नगरपालिका–६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर–११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका–१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते भए ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिराहाको कर्जनहा नगरपालिका–८ का ३६ वर्षीय ओमनारायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उनका सात वर्षीय छोरा आनन्द पासवान सोही दुर्घटनामा परी घाइते भएका छन् । घाइतेहरूको पनि गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस