कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूलाई पनि बोलाइएको छ
। बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्याउनका लागि अगाडि बढाइने तयारी भएको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भिडियो सन्देश मार्फत पनि आम नागरिकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नका लागि आह्वान गरेका छन् ।
प्रदेश सरकारका मन्त्री र सचिव अस्पतालमा गएर घाइतेहरूको उपचारको व्यवस्थाका बारेमा अनुगमन गरेका थिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले पनि सुरुका दिनदेखि नै सुरक्षा निकायसँगको समन्वयलाई अगाडि बढाउँदै सामाजिक सद्भाव कायम गर्नका लागि पहल गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।आजको बैठकमा पनि सामाजिक सद्भावलाई कायम राख्दै जनजीवनलाई सामान्य बनाउनका लागि गर्नुपर्ने कामका बारेमा छलफल हुने र राजनीतिक दललाई सक्रिय हुनका लागि आह्वान गर्ने तयारी छ।


































Discussion about this post