Nirvik Khabar

चितवनको खैरहनीमा कारको ठक्करबाट २१ वर्षीय युवाको मृत्यु

चितवन- पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वीचितवनको खैरहनी–९ सिमलटाँडीमा आज (बुधबार) साँझ भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

साँझ ८ः१० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको JH01DX77 39 नम्बरको भारतीय नम्बर प्लेटको कारले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने वर्ष २१ का विश्वास गुरुङ गंम्भिर घाईते भएका थिए ।

उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएकोमा राति ९ः१६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

घटनापश्चात स्थानीयले करिव एक घण्टा राजमार्ग अवरुद्ध पार्दै ठक्कर दिने कारमा तोडफोड गरेका छन् । कार चालक भारतको विहार प्रदेश पश्चिमचम्पारण जगदीशपुर–४ वस्ने वर्ष ३५ का आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस