Nirvik Khabar

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

Advertisements
Single Page Long - 2

रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो ।प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो । स्वास्थ्य बीमा बोर्ड सदस्यको रूपमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि तत्कालीन श्रममन्त्री साहमाथि प्रश्न उठेपछि बालेन टीमले सामान्य सोधखोजबाहेक कुनै स्पष्टीकरणको मौका नदिई १३ दिनमा हटाएका थिए ।सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरूको खात सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन अत्तालिएका थिए ।मंगलबार सुधनले प्रधानमन्त्री बालेनसँग र पार्टी सभापति लामिछानेसँग दुई–दुईपल्ट कुरा गर्दा आफ्नो अडान सुनाएका थिए– छानबिन समिति बनाएर आफ्नो सम्पत्ति र त्यसको आर्जन पृष्ठभूमि खोतल्ने ।

त्यसले दिने निष्कर्षका आधारमा आवश्यक कदम चाल्ने ।‘पार्टीभित्र सुधनलाई अझै एकपल्ट मौका दिने कि भन्ने मत पनि थियो, प्रधानमन्त्रीज्यूले अहिले मार्गप्रशस्त गर्नु नै उचित हुन्छ भन्ने मत राख्नुभयो,’ प्रधानमन्त्रीको टिमका एक सदस्यले अनलाइनखबरसँग भने, ‘सुधनजीको माग त छानबिन समिति बनाएरै जाँदा पुग्छ, राजीनामा किन दिने भन्ने थियो । तर सुशासनको मुद्दामा हाम्रो जिरो टोलेरेन्स (शून्य सहनशीलता नीति) हो । सुधनजीले यो त बुझ्नै पर्थ्यो ।’सुधनको साटो त्यस बेला डिपी अर्याललाई गृहमन्त्री प्रस्ताव गरेका लामिछाने पछिल्ला दिनमा उनले चालेका कदमका कारण राजनीतिमा नयाँ तरंग आएको बुझाइमा थिए । आफू निकट नेताहरूले सुधनको कार्यशैलीका कारण छिट्टै राजनीतिक अस्थिरतासमेत उत्पन्न हुन सक्ने चेतावनीमूलक संकेत गरे पनि लामिछाने केही समय काम गर्न दिनुपर्ने भनिरहेका थिए ।

दुईटा ‘माइक्रो इन्स्योरेन्स’मा गृहमन्त्री गुरुङले खरिद गरेको शेयर सम्पत्ति विवरणमा नदेखिएको, बरु उल्टै विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि बालेन सरकारमाथि सुशासनको गम्भीर प्रश्न उठेको थियो ।सुरुमा गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिने कोसिस गरे । तर पार्टीले भने यो मुद्दामा कुनै बैठकको एजेन्डा बनाउने त के, सामान्य छलफल समेत गरेन ।गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्तिमा सयौं रोपनी जग्गा र ८९ तोला सुन देखाएका थिए । तिनको स्रोत पारदर्शी थिएन । गुरुङले दुई माइक्रोइन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर उल्लेख नगरेको र त्यसले कानुनी प्रश्न उठाएको थियो ।

उनले सोमबार स्पष्टीकरण दिँदै शेयर किन्ने स्रोत ऋण भएको दाबी गरे, तर सम्पत्ति विवरणमा भने पैतृक सम्पत्ति, व्यवसाय र लगानीलाई स्रोत उल्लेख गरे ।उनले त्यति धेरै सम्पत्ति व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट आर्जित भनेर ‘लम्पसम’ (एकमुष्ट) मा लेखे, स्रोत देखिने स्पष्ट विवरण सार्वजनिक गरेनन् ।

सार्वजनिक ओहदामा भएका गृहमन्त्री गुरुङले लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्समा भएको २५ हजार कित्ता र स्टार माइक्रोइन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता शेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगर्नुले उनीमाथि नैतिक र कानुनी प्रश्न उठेको थियो ।गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी धितोपत्रको दोस्रो बजारमा कारोबार हुने कम्पनीको शेयर रहेको उल्लेख गरे । जबकि, उनले ती शेयर कुन कम्पनीका हुन् भन्ने उल्लेख गरेनन् ।सुशासनको माग राखेर सुरु जेनजी आन्दोलनको अन्तिम घडीमा रहस्यमय ढंगले देखिएका, अनि शक्तिकेन्द्रहरूको धापमा निरन्तर अघि बढेका सुधन गुरुङ स्वयं नै अपारदर्शी सम्पत्तिहरूको खातमाथि बसेको सार्वजनिक भएसँगै राजीनामा आएको छ । उनले नैतिकता देखाउँदै राजीनामा दिएको बताए पनि उनीमाथि सरकारले चाहे थप अनुसन्धान गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस