Nirvik Khabar

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

Advertisements
Single Page Long - 2

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ ।शृंखला अन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

शृंखला जोगाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । पहिलो खेल जितेको युएई शृंखला ‘क्लिन स्वीप’ गर्ने लक्ष्यमा रहेको छ ।

सिरिजमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् । टोलीमा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस