Nirvik Khabar

कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारी गर्दै अर्थ मन्त्रालय

Advertisements
Single Page Long - 2

निजामती कर्मचारीको कार्यशैलीमा व्यापक फेरबदल गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने भएको छ।अर्थमन्त्री डा.स्वर्णीम वाग्लेको मन्त्रीस्तरीय निर्णयबाट यो व्यवस्था लागू गर्ने काम अघि बढेको हो।

वैशाख ४ गते अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनको प्रक्रियाका लागि महालेखा नियन्त्रक कार्यालय (मलेनिका) लाई पत्राचार गरिसकेको छ।चलानी ४७३७ रहेको पत्रअनुसार राष्ट्रसेवकको तलब अर्धमासिक गर्नका लागि आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

‘राष्ट्रसेवक कर्मचारीको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तानभएपछि मासिक रुपमा गर्दै आएकोमा अब यसलाई अर्धमासिक रुपमा भुक्तान गर्न सुरु गरिँदैछ’, अर्थ मन्त्रालयका सहसचिव डा.सुमन दाहालको हस्ताक्षर रहेको पत्रमा भनिएको छ।अर्धमासिक रुपमा तलब वितरण गर्न आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले मलेनिकालाई भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस