Nirvik Khabar

पश्चिम नवलपरासीको जिल्ला अदालतमा गोली चल्यो

निर्भीक खबर
निर्भीक खबर

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चलेको छ । प्रहरीका अनुसार सोमबार सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेका हुन् ।

पेस्तोलबाट दुई गोली प्रहार भएको तर कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । अंश मुद्दाको मिलापत्रका गएकी रोशनी यादवलाई लक्षित गरेर हर्षरामले गोली चलाएको बताइएको छ ।

गोली प्रहार गरेर फरार हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो अदालत परिसरमा गोली चलेपछि स्थानीय त्रसित बनेका छन् ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available