Nirvik Khabar

तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा २७ वर्षका युवकको मृत्यु, अर्का घाइते

Advertisements
Single Page Long - 2

धनुषामा दुई मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् मिथिला नगरपालिका-११ बाहुनमारामा म.प्र ०२-००८ प ८५८३ नम्बरको मोटरसाइकल र प्र.२.०२-००३ प ४४७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा म.प्र २-००८ प ८५८३ नम्बरको मोटरसाइकल चालक मिथिला नगरपालिका-६ ढल्लेबर बस्ने २७ वर्षीय इन्द्रदेब महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका प्र.२-०२-००३ प ४४७१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तीव्र गति र असावधानीको कारण दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। यसैबीच उदयपुरको, बेलकामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। बेलका नगरपालिका-२ गिदेरी खोलामा प्रदेश १-०४-००१ त १३३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने अन्दाजी १८वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस