Nirvik Khabar

कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु, सनाखत हुन बाँकी

Advertisements
Single Page Long - 2

कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिपले विपरीत दिशाबाट आइरहेको म.२ प ३५०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

‘दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ’, प्रहरी निरीक्षक थापाले भने, ‘मोटरसाइकल चालक र पछाडि सवारको मृत्यु भएको हो। उनीहरुको पहिचान खुल्न सकेको छैन्।’प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस