चितवन – महिलाको हक, अधिकार, सशक्तीकरण तथा असहाय बालबालिकाको संरक्षण र पुनर्स्थापनामा लामो समयदेखि सक्रिय रहँदै आएकी समाजसेवी मिना खरेल यतिबेला चितवन क्षेत्र नम्बर २ बाट नेपालि काग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि होमिएकी छन्। खरेल चुनाव नजिकैसँगै घट्दैलो अभियान, पार्टीका नेताहरूसँग अन्तरक्रिया, छलफल लगायतका कार्यहरूमा व्यस्त छन्।
सोही कार्यक्रम अन्तरगत काग्रेस प्रदेश सभा सदस्य उत्तम जोशीले हजारौँ टुहुरा बालबालिकाको आमा बनेर महिला हिंसामा परेका महिलाहरूलाई न्याय दिलाएर धेरै महिलाहरूलाई पुनर्स्थापना गरी सहयोग गरेकी मीना खरेल समाजमा स्थापित नाम भएको बताएका छन्।
मिना खरेल केवल एक व्यक्तित्व मात्र नभई समाज रूपान्तरणको अभियान हुन्। “महिलाको अधिकारका लागि निरन्तर आवाज उठाउनु र हजारौँ असहाय बालबालिकाको जीवनमा आमाको भूमिका निभाउनु सामान्य कुरा होइन,” जोशी भन्छन्, “यस्तो व्यक्तित्व, चितवन–२ ले पाउनु गर्वको विषय हो।”
मिना खरेल विगत धेरै वर्षदेखि महिला हिंसा, महिलाका समस्याविरुद्ध सक्रिय रूपमा काम गर्दै अभिभावकविहीन, बेसहारा तथा जोखिममा परेका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएकी छन्। सडक जीवन बिताउन बाध्य बालबालिकालाई सुरक्षित आश्रय, विद्यालय भर्ना, आवश्यक उपचार तथा अभिभावकत्व प्रदान गर्दै उनले हजारौँ बालबालिकाको भविष्य उज्यालो बनाएकी छन्। यही कारण उनी आज धेरै बालबालिकाका लागि ‘आमा’ बनेकी छन्।
उनले भने, निजी सम्पत्ति प्रयोग गरेर हजारौं असाहय बालबालिकाको आमा बन्दै शिक्षा, स्वास्थ्य, महिलाको हक हितका निमित्त जुन उहाले आवाज लिएर अगाडि बढ्नुभएको छ अब समग्र देशवासीको आवाज बन्नका लागि उहाँ निर्वाचनमा हुमिदै हुनुहुन्छ त्यसका लागि पनि सबैले उहाँलाई मतदान गरी जिताउन आवश्यक छ।
सामाजिक काम संगै पर्यटकीय गतिविधि, विकास निर्माणका गतिविधि, शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्था लगाएत भोलिको दिनमा दुःख सुखका सारथी बन्नका लागि मिना खरेललाई जिताउनुपर्ने आवस्यक रहेको उनले बताए। चितवन क्षेत्र नम्बर २ को विकास निर्माणका लागि उहाँले कटिबद्ध काम गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं। उनले भने,
कांग्रेसले उम्मेदवार बनाएको मीना खरेल अन्य उम्मेदवार भन्दा सर्वउत्कृष्ट भएको भन्दै प्रत्येक टोल,टोल, वडा ,गाउँले अब रुखमा भोट हाल्ने दिन आएको उनले बताए।
यतिबेला कांग्रेस एकजुट, जोसिलो, उर्जाशील, उर्जवान भएको छ। यो ऊर्जा फागुन २१ गतेसम्म निरन्तरता दिनुपर्छ उनले भने, मिना खरेललाई मत दिएर कहिले पनि पछुताउन नपर्ने उनले बताए।
हाल युवा, जेन्जीका मागहरू पनि अब कांग्रेसले पुरा गर्छ भन्दै उनले यतिबेला काग्रेस आफू पनि बदलिएर देश बदल्छु भन्ने नाराका साथ आएको छ। कांग्रेसले कानुन निर्माण गर्छ, देशको शासकीय स्वरूप परिवर्तन गर्छ, जेन्जी युवाहरूको माग परिवर्तन गर्छ, देश परिवर्तन गर्छ उनले भने,। उनले यसपटक सबैले काग्रेसमा भोट हाल्न पनि सबैलाई अनुरोध गरे।































Discussion about this post