Skip to main content

Nirvik Khabar

पर्यटन मन्त्रालयले एक साथ गर्‍यो दुई दर्जन नियुक्ति, कुन पदमा को ?

Advertisements
Single Page Long - 2

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न रिक्त पदमा एकसाथ दुई दर्जन नियुक्ति गरेको छ ।१७ र १८ असारको मन्त्रिस्तरीय निर्णयबाट यो नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव र कोषाध्यक्षसहित ७ नियुक्ति गरेको छ । कोषको सदस्य सचिवमा तीर्थ प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठलाई नियुक्ति दिइएको छ ।कोषको सदस्यहरुमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई नियुक्त भएका छन् ।  सो समितिको सदस्यहरूमा माधव प्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्र प्रसाद अधिकारी नियुक्त भएका छन् ।बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्ण कुमार लामा नियुक्त भएका छन् । सदस्यहरुमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशन कुमार श्रेष्ठ र मणी भद्र पोखरेल नियुक्त भएका छन् ।

सरकारले पाटन दरबार संग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त गरेको छ । हनुमानढोका दरबार संग्रहालय विकास समितिमा सदस्यको रुपमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्र बहादुर मल्ल नियुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस