Nirvik Khabar

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो फेरि हवाई हमला, २९ जना मारिए

Advertisements
Single Page Long - 2

पाकिस्तानले गएराति अबेर अफगानिस्तानमा सैन्य हमला गरी ‘२९ आतंककारी’ मारिएको बताएको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले यस विषयमा सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेका छन्।उनले भनेका छन्, ‘पाकिस्तानी सेनाले डुरान्ड रेखानजिकै योजनाबद्ध स्थलगत कारबाही गरेको छ। यसपछि रेखानजिकैका क्षेत्रमा जमात-उल-अहरार र पाकिस्तानी तालिबान आन्दोलन (टीटीपी) सँग सम्बन्धित आतंकवादी लुक्ने ठाउँ र सुरक्षित शिविरमा लक्षित हवाई आक्रमण गरिएको छ।’

तरारले अगाडि भनेका छन्, ‘खैबर पख्तुनख्वाको बाजौरमा स्थलगत कारबाही गरिएको छ, जसमा आतंकवादी कमान्डर खान फ्रोस (जबाल) र तीन अन्य जमात-उल-अहरार आतंककारी मारिएका छन्। धेरै जना घाइते पनि भएका छन्।’बीबीसी पस्तो सेवाका अनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमण सर्वसाधारणलक्षित भएको बताएका छन्। हमलामा महिला र बालबालिकासहित दर्जनौँ मारिएको र घाइते भएको उनले बताएका छन्।

उनले आक्रमणको निन्दा गर्दै ‘कायरतापूर्ण’ भनेका छन्।बीबीसी पस्तो सेवाका अनुसार, पाकिस्तानी सेनाको हवाई आक्रमण अफगानिस्तानको कुनार प्रान्तको पूर्वी भाग र दक्षिणपूर्वी अफगानिस्तानको पक्तिया र पक्तिका प्रान्तका चमकानी र ग्यान जिल्लामा भएको हो। सबैभन्दा धेरै हताहत पक्तिया प्रान्तको मन्डिखेल गाउँमा भएको बताइएको छ। तालिबान सरकारी सुरक्षा स्रोतले बीबीसीलाई बताएअनुसार त्यहाँ लगभग १०० जना सहिद वा घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस