Nirvik Khabar

पछिल्ला ४ खेलमा ८ टोली: सबैले खेले बराबरी

Advertisements
Single Page Long - 2
Uruguay's Manuel Ugarte, right, and Saudi Arabia's Mohammed Abu Alshamat battle for the ball during a World Cup Group H soccer match in Miami Gardens, Fla., Monday, June 15, 2026. (AP Photo/Lynne Sladky)

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति र आज बिहान भएका चार खेलमा सबै टोलीले बराबरी खेलेका छन्। स्पेन र केप भर्डे, बेल्जियम र इजिप्ट, साउदी अरेबिया र उरुग्वे तथा इरान र न्युजिल्यान्ड कसैले पनि खेलमा विपक्षीलाई पराजित गर्न सकेनन्।

गएराति भएको खेलमा विश्व विजेता स्पेन नव प्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। यो खेल गोलरहित बराबरीमा सकिएको हो। त्यसैगरी बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी गर्दा साउदी अरेबिया र उरुग्वेले पनि १–१ गोलकै बराबरी खेलेका छन्।

केही बेरअघि मात्रै सकिएको इरान र न्युजिल्यान्डबिचको खेल पनि २–२ गोलको बराबरीमा सकिएको छ। न्यूजिल्यान्डले खेलमा दुईपटक अग्रता कायम गरेको थियो। तर त्यसलाई जोगाउन नसक्दा इरानसँग न्यूजिल्यान्ड बराबरीमा रोकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस