Skip to main content

Nirvik Khabar

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

Advertisements
Single Page Long - 2

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला तीन लाख छ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो एक तोला सुन तीन लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला ७५ रुपैयाँले बढेर चार हजार सात सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी चार हजार छ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार चार सय र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस