Nirvik Khabar

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो: प्रचण्ड

Advertisements
Single Page Long - 2

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्’ भन्ने भाष्यलाई सही नभएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भने, ‘पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन्। र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ। त्यही हो त सत्य? होइन।’उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गराए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ। दह्रो सहकार्य,’ उनले भने।

प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे। ‘प्रतिपक्षका रुपमा हाम्रो संख्या सानो थियो। तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो,’ उनले भने।

प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको बताउ। ‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो। पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ,’ उनले भने, ‘सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस