Nirvik Khabar

आईसीसी लिग- २: नेपाल र यूएईबिचको खेल १५ मिनेट पछि धकेलियो

Advertisements
Single Page Long - 2

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र युएईबीचको खेल १५ मिनेट पछि धकेलिएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको आउटफिल्डको कारण टस १५ मिनेट पछि हुने भएको छ।

पहिलो खेलमा युएईलाई ३७ रनले हराएको घरेलु टोली नेपाल लगातार दोस्रो जित हात पार्न चाहान्छ। लिग–२ को शीर्ष ६ मा रहेर एक दिवसीय वरियता जोगाउनका लागि नेपाललाई जितको आवश्यक छ। सिरिजको आफ्नो दोस्रो खेलमा बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको हो।

नेपाल आजको खेलमा युएईलाई हराउँदै घरेलु मैदानमा जारी सिरिजमा ४ अंक बटुल्न चाहान्छ। तर पहिलो खेलमा नेपालसँग पराजित भएको युएई दोस्रो खेलमा भने घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस