Nirvik Khabar

रास्वपा केन्द्रीय समिति बैठक आज, २० नेताले बोल्नेछन् २-२ मिनेट

Advertisements
Single Page Long - 2

सरकार गठनपछिको परिवर्तन नियालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। हिजो सचिवालय बैठकले तोकेका एजेन्डाहरूमै केन्द्रीय समितिमा छलफल हुनेछ।

बैठकको कार्यसूचीअनुसार सबैभन्दा पहिला पार्टी गतिविधिबारे विस्तृत ब्रिफिङ हुनेछ। २० जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो रिपोर्टिङ सुनाउनेछन्। उनीहरुलाई बोल्नका लागि २-२ मिनेट मात्र तोकिएको छ।

बैठकको कार्यसूचीमा आगामी स्थानीय निर्वाचन लक्षित उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि परेको छ। विदेशमा भएका नेपालीले उतैबाट मतहाल्न पाउने विषयलाई रास्वपाले बैठकको एजेन्डामा राखेको छ।हिजो आइतबार सचिवालय बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने र संसदीय दलको विधान समेत परिवर्तन गर्ने विषय पनि कार्यसूचीमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस