Skip to main content

Nirvik Khabar

ओली उपस्थित बैठकमा एमालेको निर्णय: बागमतीको मुख्यमन्त्री जगन्नाथ थपलिया

Advertisements
Single Page Long - 2

बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेबाट जगन्नाथ थपलियाले दाबी पेस गर्ने भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको सत्ता साझेदारी सम्झौतामा बागमतीको नेतृत्व एमालेले लिने सहमति भएपछि यस पार्टीभित्र मुख्यमन्त्री को बन्ने भन्ने विवाद भइरहेको थियो।

एमाले प्रदेश संसदीय दलका नेता थपलियासहित प्रदेश सांसदद्वय किरण थापा र केशव पोखरेलले पनि मुख्यमन्त्री पदमा दाबी गरेका थिए।तर अन्तत: उनीहरूलाई ब्याक गराएर थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति भएको हो।एमाले सचिव महेश बस्नेतनिकट थापालाई मुख्यमन्त्री बनाउन एमालेको बागमती संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको तयारी भइसकेको थियो।

तर विवाद बढ्न थालेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेललगायत नेताको उपस्थितिमा भएको बैठकले थपलियालाई नै मुख्यमन्त्रीमा अघि सार्ने सहमति भएको एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे तामाङले जानकारी दिए।

‘दलको नेता हिजो पनि जगन्नाथ थपलिाय नै हो। आज पनि उहाँ नै हो’, उपाध्यक्ष तामाङले शनिबार बिहान नेपालखबरसँग भने, ‘दलको नेताका लागि चुनाव हुँदैन। अब बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ।’

थपलिया चितवन १ (१) बाट निर्वाचित प्रदेश सांसद हुन्।दलको नेतामा उनी यसअघि नै सर्वसम्मत चयन भएका थिए। पार्टीभित्र सहमतिपछि अब बहुमत सदस्यको हस्ताक्षरसहित थपलियाले मुख्यमन्त्री पदमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस