Nirvik Khabar

औषधि उद्योगको विकास लागि नेपाल-भारतका निकायबीच सहमति

Advertisements
Single Page Long - 2

नेपालकम औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ। नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद् (ईईपीसी) बीच सहमति भएको हो। दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्ने सहमति गरेका छन्।

त्यस्तै, औषधि उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिबीच नियमित सेमिनार तथा गोष्ठी सञ्चालन गर्ने पनि सहमति भएको छ। सहमतिमा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

यो सहकार्यले नेपाली औषधि उत्पादकलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच पुर्‍याउन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। भारत सरकारको ईईपीसीसँगको साझेदारीले नेपालको औषधि क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस