नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदीको पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज साँझ ५ः४० बजेको समयमा नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकले पुलमाथि मोटरसाइकललाई ओभरटेग गर्ने क्रममा ठक्कर दिँदा गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार मोटरसाइकल चालक दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यस्तै सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन् । उनको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको नेपालले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।

































Discussion about this post