मेरो जन्म र जीवनको स्रोत, साधना र सत्यता भनेकै मेरो घर हो । घर भन्नाले सिमेन्ट, इँट्टा, काठ इत्यादिले निर्मित चार पर्खाल होइन । एकअर्काका निम्ति मरिमेट्ने मायाको जग, आपसी समझदारी र साझेदारीको खम्बा, आत्मविश्वास, आत्मनिर्भरता र आत्मसम्मानले कुँदिएका खापा (झ्याल, ढोका), मौलिक कला संस्कृतिको गहन अध्ययनसहितको विचारको स्पेश (अन्तरिक्ष), प्रत्येक मिलिसेकेण्ड तपतप चुहिने पसिनाको छाना र टन्नै दुःखमा पनि हार नमान्ने जीवन बाँच्न जानेको खुशी हाँसोले सजिएको पर्खालले बनेको घरको कुरा गर्दैछु ।
मेरा लागि मेरो परिवार नै मेरो घर हो । सायद सबैका लागि यस्तै हुनुपर्छ, त्यसैले त घरपरिवार दुई फरक शब्दहरु एउटै भएका होलान् । जुनसुकै सुखमा होस् वा दुःखमा, सुरुवात र अन्त्य घरबाट नै हुन्छ । त्यसो त २०७२ सालमा भूकम्पका कारण खेतको आलीमा खुल्ला आकाशमुनि सुतिरहँदा पनि घर नै मस्तिष्कमा घुमिरहेको थियो । २०७५ जेठ ९ गते विश्कै अग्लो स्थान सगरमाथामा घोप्टो परेर धन्यवादका आँसु झार्दा पनि घर नै सम्झिरहेको थिएँ र आज विश्वविख्यात विश्वविद्यालयमा युवा वैज्ञानिकको भूमिका निभाइरहँदा पनि घरको मायाले निथ्रुक्कै भिजेको छु । झन् दसैंको माहोल हुँदा घरको सम्झनाले नसताउने त कुरै भएन ।
सानो हुँदा बैगलभरि बेलुन र चंगा भरिएको समय नै दसैं हुन्थ्यो । हजुरबुवासँग चंगा, धागो किन्न ढिपी गर्थ्यौं । हामी कागजको मान्छे बनाउँथ्यौं । अनि त्यसमा के–के लेख्थ्यौं । म चाहिँ आमालाई चन्द्रमाबाट घर फर्कन आग्रह गर्थें । हामी कागजको मान्छेलाई बेलुनमा राखेर उडाउँथ्यौं । त्यसो गर्दा देवताहरुका राजा इन्द्रले हाम्रा कुरा सुन्छन् र पानी पर्न बन्द हुन्छ, मौसम काइदाको राम्रो हुन्छ भनेर हजुरबा भन्नुहुन्थ्यो । म चाहिँ त्यो बेलुन उड्दै आकाशमा देखिरहेको चन्द्रमासम्म पुग्छ, आमाले मेरो सन्देश पाउनुहुन्छ र घर फिर्नुहुन्छ भन्ने सोच्थें । दसैंको सुरुवात नै यसरी हुन्थ्यो । चंगा उडाउन चाहिँ मैले सानैमा भाईबाट सिकेकी हुँ ।
बाज्याको चंगी

सानो छँदा हामी मोहनी नखः भक्तपुरको घरमा मनाउथ्यौं । लामो दसैं बिदा त्यसमा पनि बाज्याअजि (हजुरबा हजुरआमा) भनेपछि म हुरुक्कै । बालमस्तिष्कको लोभ के भने नि बाज्याको हात समाउँदै सुकुलढोका, दत्तात्रय, पचपन्न झ्याले दरबार घुम्न पाउने विशेषगरी तलेजु भवानीको रहस्यमयी कथा सुन्न पाउने समय पो थियो त दसैं । त्यतिबेला अहिले जस्तो मासु भन्ने बित्तिकै किन्न पाइँदैनथ्यो । विशेष चाडवाडमा टोलका सबैले मिलेर राँगा खसी किन्थे र बाँडीचुँडी मासु भाग लगाउँथे । मासु भाग लिन जाँदा होस्, बजारमा किनमेल गर्न जाँदा वा साथीसँग हुक्का तान्दै गफ गर्न होस् जहाँ जानुहुँदा पनि म बाज्याको पुच्छरजस्तै पछि–पछि लाग्थें । सानोमा मेरो स्वभाव चंगाको जस्तै थियो अरे । अलि लजालु, अलि निडर, अलि धेरै चकचके, अनि धेरै आज्ञाकारी पनि । त्यसैले म बाज्याको चंगी थिएँ । मलाई उहाँले चंगी चंगी भनेर बोलाउनुहुन्थ्यो ।
प्रत्येक दिन बिहान सबेरै अजिले घरआँगन सबै बढारकुँढार गर्नुहुन्थ्यो । त्यसपछि हामी पानी भर्न जान्थ्यौं । अजिसँग सानो पित्तलको घः (घडा)मा चोकको इनारमा पानी लिन जाँदा ‘मै छोरी सुन्दरी, कसरी भरुँ पानी भन्दै’ गुनगुनाउँदै मजस्तै साना साथीहरुसँग पानीमा खेल्दै पानी भर्थ्यौं । म त्यसरी नै निल (चोखो पानी) लिएर घर फर्कन्थें । घरको कान्छी भएकाले पूजाआजा गर्ने जिम्मेवारी मेरो थियो । दसैंका बेला घटस्थापनादेखि प्रत्येक दिन कम्तीमा १२ ओटा मन्दिरमा पूजा गर्नुपथ्र्यो । अनि अजिलाई जस्तै मलाई पनि भ्याइनभ्याई हुन्थ्यो । म अजिलाई पूजाथाली मिलाउन, माला बुन्न र अघि भनेजस्तै निल लिन सघाउँथें । कहिलेकाहीँ म पूजा गर्न नजाने भनेर रुन्थें । बिहान उज्यालो हुनुअघि नै पूजाको काम सकिसक्नुपथ्र्यो, त्यति चाँडै उठ्न कसलाई मन हुँदो हो !
भक्तपुरको दसैंघर

तर, अजि र बाज्याले मलाई मीठो तरिकाले फकाउनुहुन्थ्यो । ‘हेर त तिमी आउँछ, एउटा लड्डु खान पाउँछु भनेर तिम्रो साथी गणेद्यः (गणेश भगवान) कुरिरहनु भएको छ ।’, अजि ग्वाखँचा (झ्यालजस्तो सानो प्वाल) बाट परको मन्दिर देखाउँदै भन्नुहुन्थ्यो । तिमी चंगाजस्तै सरररर उडेर पुगिहाल्छौ नि त्यहाँ । एकैछिनमा पूजा सक्छ । फेरि हामी आगँ छें (कुल देवताको घर) पनि त जानुपर्छ, सेल पापड बर्फी खानुपर्छ ।’ बाज्याले थप्नुहुन्थ्यो । उहाँहरुको मायामा म पग्लिहाल्थें । अनि गणेश, घरको आँगनमै रहेको पञ्चबुद्धको चैत्य, करुणामय, तलेजु भवानी, इन्द्रायणी, कुमारी, भद्रकाली, बाराही, महेश्वरी, महाकाली, महालक्ष्मी, ब्रह्मायणी, त्रिपुरासुन्दरी लगायत विभिन्न मन्दिरमा अजिले सिकाउनु भए जसरी पूजा गर्थें । बिहान पूजा सकेर साँझ फेरि ती मन्दिरहरुमा बत्ती बाल्न जानुपथ्र्यो । दसैंको दश दिनको दैनिकी मेरो यही हुन्थ्यो ।
अन्तिम र मूल पूजा चाहिँ कुलदेवताको घर तथा कुलपिठमा हुन्थ्यो । खासमा भन्ने हो भने त्यतिबेला, जमरा राख्नेदेखि सबै मूल पूजा कार्यविधि कुल देवताको घरमा नै हुन्थ्यो र आजको दिनसम्म पनि पहिलो मोहनी सिन्ह (मोहनी नखःको मुख्य विशेष टिका) हामी कुल देवताको घरमै लगाउँछौं । कुलदेवताको घरभित्र विभिन्न शक्तिस्वरुपाहरुको प्राचिन अमूर्त चित्रकलाहरु छन् । हरेक चित्रकलामुनि मेरा बाज्या रत्न काजी शाक्यसँगै अन्य बाज्याहरुको नाम लेखिएको छ । मेरा लागि वास्तवमा ग्यालरी गएर चित्रकला अवलोकन गर्ने बानी त्यहिँबाट आरम्भ भएको हुनुपर्छ । कला, संस्कृति, बाजागाजा, नृत्य, रंगमञ्चप्रतिको मेरो साख वा मोह पनि त्यहि संस्कारले सिञ्चित हुनुपर्छ । त्यतिबेला बाज्या मेरो हरपूजाको साथी हुनुहुन्थ्यो अथवा म बाज्याको ।
ए साँच्ची मैले झण्डै भुलेको । दसैंको केही दिन अघि दसैंका लागि भनेर अजिले घरमै स्याउ, अंगुर, अम्बाजस्ता फलपूmलको ऐला (रक्सी) र थ्वं (छ्यांग) पार्नुहुन्थ्यो । बाज्याले दाउरा जम्मा गर्न र आगो फुक्न सहयोग गर्नुहुन्थ्यो, म पानी ओसार्न । रक्सी पारेपछि अजिले खाजामा बजि (चिउरा), तखाः (थलथले), सन्याखुना (मासुको झोलमा माछा मिसिएको विशेष पकवान) र ह्याउँ थ्वं (रातो छ्यांग) खान दिनुहुन्थ्यो । त्यो क्षण, अहिले सम्झिँदा पनि मेरो मुख रसाउँछ ।
मोहनी नखः भरिको सबैभन्दा प्रिय दिन मेरा लागि कुछि भ्वय् हो । कुछि अर्थात् २ माना, भ्वय् अर्थात् भोज अर्थात् केराको पातमा २ माना चिउरा र कम्तीमा पनि ८ थरीका विभिन्न परिकार राखेर सारा परिवार एकसाथ सुकुल (परालको चकटी)मा क्रमबद्ध बसेर खाइने भोज । महाअष्टमीका दिन रात्री भोजनका रुपमा कुछि भ्वय् खाइन्छ । म सानो छँदा, रोलक्रम अनुसार सुकुलमा पलेटी कसेर भोज खान बस्दा म सबैभन्दा मुनितिर बस्नुपर्ने भएतापनि म कि त बासँग कि त बाज्यासँगै बस्थें । बाज्या र बासँगै बस्न पाउँदा कत्रो गौरव महशुस हुन्थ्यो । बाज्या र बा आफ्नो भागको अण्डा पनि हामी बच्चाहरुलाई नै दिनुहुन्थ्यो ।
कुछि भ्वय् र युगको प्रदर्शनी

हाम्रो घरमा त्यस दिन, दिनभर सारा परिवारसँगै चंगा उडाउने, तास खेल्ने (रमाइलोका लागि मात्र), अंताकछिरी खेल्ने, अनि सबै सँगै मिलेर रात्री भोजको तयारी गरिन्थ्यो । तपाईंलाई वः (मास वा मुंगीको बारा जस्तो नेवारी परिकार) पक्कै थाहा छ होला । वः पकाउन सुरुमा मासको पेस्ट बनाउनुपर्छ । त्यो पेस्ट बनाउने जिम्मा चाहिँ बाज्यासँगै हामी बच्चा पार्टीको हुन्थ्यो । मलाई मरमसला मिलाएर चट्ट पारेको काँचो पेस्ट खान औधी मनपर्छ, जुन मैले बाज्याबाटै अनुकरण गरेको हो । भोजका सारा तयारी पूजा भएपछि सुरुमा पेखालाखे (दैलोको देवता), गणेश, भैरव, घरभित्रको देवता, पितृ सबैलाई भाग चढाएपछि मात्र परिवारभित्रको खानपान सुरु हुन्छ । घरभित्र भएकाले मात्र होइन घरबाहिर भएका कोही भोका प्राणीले पनि अन्नसेवन गर्न सकोस् भनेर त्यसरी सबै स्थानमा पूजाभाग चढाउने चलन सुरु गरिएको रे ।
कुछि भ्वय्कै दिन महानवमीमा पूजा गर्नुपर्ने ज्यावल
वर्कसप, सवारीसाधन सबै सफा गरी पूजाका लागि तयार गरिन्छ । महानवमी भन्दा चाहिँ मलाई काठमाडौंमा तलेजुको दर्शन गर्न घण्टौं लाइन बसेको, कुमारीको हातबाट टिका थापेको, मैले किस्ताबन्दीमा जोडेको स्कुटर र ह्वाइट बोर्ड–मार्कर, मेरो पहिलो कमाई र भाईले बडो दुःखका साथ सुरु गरेको ज्यासः पसः (सुनचाँदीको गरगहना डिजाइन गर्ने पसल), उसको पहिलो इलम, बिनिता दिदीको रगत पसिना बगेको पेन्टिङ ब्रस र क्यानभास, दिदीहरुको ग्राफिक डिजाइनिङका मेसिन, सिलाइकटाइका मेसिन, बाको वेल्डिङ मेसिन अनि बाज्याको कतांमुंग (गरगहनामा बुट्टा कोर्न प्रयोग गरिने विशेष औजार) झलझली याद आउँछ । मैले भोगेको तीनपुस्ताको संघर्षको कथा, दुःखव्यथा र जीवनको गाथा महानवमीको बिहान एउटा पूजामा सबै छर्लङ्ग हुने, मानौं त्यहाँ सिंगो युगको प्रदर्शनी भइरहेछ ।
दशमीको दिनको अर्को अविस्मरणीय क्षण गुहेश्वरीको दर्शन गर्नु हो । हाम्रो बा प्रत्येक दशमीको दिन गुहेश्वरीको दर्शन गर्न पैदल असन काठमाडौंबाट पशुपतिक्षेत्र जानुहुन्थ्यो । अनि म बाज्याको मात्र होइन बाको पनि पुच्छर । पुच्छर लागेरै बाको हात समाउँदै गुहेश्वरी घुम्न जान्थें । सानो छँदा बासँग कुरा गर्न साह्रै डर लाग्थ्यो । त्यसैले पनि होला, त्यो दिन भने बाले किनिदिनुभएको अथवा दिदीले सिलाइदिनुभएको नयाँ लुगामा चिटिक्क परेर बाको हात समाउँदै निस्फिक्री सहर घुम्नुको रोमाञ्चक अनुभव म बयान गर्न सक्दिनँ । मेरा लागि त्यो पल दसैंको वरदान बराबर थियो ।
निधारमा थापेको आशिर्वाद
मैले अघि नै भने नि मोहनी नःखको पहिलो मोहनी सिन्ह (कालो रंगको टिका) हामी कुलदेवताको घरमै ग्रहण गर्छौं । अनि बल्ल घरमा टिका लगाइन्छ । टिका लगाउने बेला ‘भाग्मानी हुनु, निरोगी हुनु, विजयी हुनु’ भनेर बाज्या अजिले आशिर्वाद दिनुहुँदा क्या खत्रा महशुस हुन्थ्यो मलाई । मानौं म संसारकै सबैभन्दा ठूलो युद्धको योद्धा हुँ । तर, वास्तवमा आफूभित्रको आफैलाई जितेर जीवन जीउनुभन्दा ठूलो युद्ध र बाँच्न जान्ने मान्छे भन्दा ठूलो योद्धा अर्को कुनै नहुने रहेछ ।
दशमीको दिनको अर्को अविस्मरणीय क्षण गुहेश्वरीको दर्शन गर्नु हो । हाम्रो बा प्रत्येक दशमीको दिन गुहेश्वरीको दर्शन गर्न पैदल असन काठमाडौंबाट पशुपतिक्षेत्र जानुहुन्थ्यो । अनि म बाज्याको मात्र होइन बाको पनि पुच्छर । पुच्छर लागेरै बाको हात समाउँदै गुहेश्वरी घुम्न जान्थें । सानो छँदा बासँग कुरा गर्न साह्रै डर लाग्थ्यो । त्यसैले पनि होला, त्यो दिन भने बाले किनिदिनुभएको अथवा दिदीले सिलाइदिनुभएको नयाँ लुगामा चिटिक्क परेर बाको हात समाउँदै निस्फिक्री सहर घुम्नुको रोमाञ्चक अनुभव म बयान गर्न सक्दिनँ । मेरा लागि त्यो पल दसैंको वरदान बराबर थियो ।
दसैंका दिनहरुलाई फर्केर हेर्दा म आफू अझ विशेषतः दिदीहरु, अजिलाई जहिल्यै भ्याइनभ्याइ भएको मात्र सम्झन्छु । सबैका लागि रमाइलो भइरहँदा घरका महिला सदस्यहरु कामधन्दाले यति व्यस्त रहन्छन् कि सुस्केरा हाल्ने समयसम्म हुन्न । दसैं वा मोहनी नखः वा जुनसुकै चाडवाड सबैका लागि हुनुपर्छ र हो । त्यसैले एउटा हार्दिक विनम्र अनुरोध घरमा हुने महोत्सवमा मात्र होइन जुनसुकै काम पनि परिवारका हरेक सदस्यहरुको समान सहभागिता हुने गरी मिलीजुली गरे, दसैंको वास्तविक मज्जा वा रमाइलो हुन्थ्यो ।
सात समुन्द्रपारिबाट शुभकामना

हुनतः अहिले नेपाली समाजको चेतनास्तर बढेको छ । त्यसैले सायद यो भनिरहनु त पर्दैन तर दसैं भन्दै जाँडरक्सीमा डुबेर घरपरिवार समाजमा तमासा देखाउँने र जुवातासमा समयपैसा बर्बाद गर्ने बन्द नै गरौं । ऋण लिई खसी काटेर वर्षौभरि रुनुभन्दा जे छ जति छ एकआपसमा बाँडीचुँडी मिलेर मनाऔं । हुनेले पनि सो–अफ नगरौं बरु हृदय फराकिलो पारी दुई मुठी खोलेर नहुनेलाई बाँडौं ताकि दसैंको खुशियाली तपाईंको मुठीबाट जनजनको घर–घर भित्र कुदोस् । देश विदेश जहाँ हुनुहुन्छ, तपाईंहरु सधैंभरि स्वस्थ, सुखी, सफल र समृद्ध रहनुहोस्, सात समुन्द्र पारिबाट यहाँ सबैलाई मोहनी नखः, दसैंको मंगलमय शुभकामना ।
Discussion about this post