Nirvik Khabar

असारका लागि वाणिज्य बैंकहरुको ब्याजदर– सात बैंकले घटाउँदा १३ बैंकको स्थिर

Advertisements
Single Page Long - 2

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर जेठ महिनामा ४.३४ प्रतिशत विन्दुमा थियो ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । जेठमा ३.२० प्रतिशत रहेको यस्तो ब्याजदर असारमा ३.१८ प्रतिशत कायम भएको हो ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन् । अन्य १३ बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस