चितवन- नेपाली जुत्ता चप्पलको प्रवर्द्धन गर्न भनेर चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा लगाइएको जुत्ता-चप्पल मेलामा विदेशी स्टिकर भएको जुत्ता चप्पल भेटिएको हो छ। नेपाली जुत्तालाई प्रवर्द्धन गर्ने हेतुले गरिएको मेलामा रहेको क्रस रोड नामको जुत्ता कम्पनिको स्टलमा मेड इन भियतनाम, मेड इन कोरिया लगायतका विभिन्न देशको स्टिकर भएको जुत्ता भेटिएको हो।
प्रदर्शनी केन्द्रमा राखिएको विभिन्न स्टलहरुमा रहेका जुत्तामा विदेशी स्टिकर भेटिएपछि नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय सङ्ग कुराकानी गर्दा उहाँले नेपाली जुत्तालाई विदेशी भनेर बेच्दा छिटो बिक्रि हुने र ग्राहकले हेर्ने दृष्टिकोण फरक पर्ने हुनाले नेपाली जुत्तामा विदेशी स्टिकर टासेँको बताए। उनले ग्राहकहरुलाई आकर्षण गर्नकै लागि नेपाली जुत्तालाई विदेशी जुत्ता भनेर झुक्याएर बेच्न पर्ने बाध्यता रहेपनि यस्तो गर्न नपाईने जानकारी दिए ।
प्रदर्शनी केन्द्रमा जुत्ता चप्पल मेला हेर्न पुगेका भरतपुर १६ का सुनिल थापाले नेपाली जुत्ता प्रवर्द्धन गर्न भनेर राखिएको मेलामा यस्तो गर्नु गलत भएको बताए। उनले नेपाली जुत्तामा विदेशी ब्राण्ड नभएर नेपाली लेख्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै नेपाली लेख्दैमा नेपाली जुत्ता लगाउदैमा कसैलाई केहि फरक पर्दैन नेपाली भएर नेपाली लगाउनमा र नेपाली बेच्नमा गर्व गर्नुपर्ने यनको भनाई छ । नेपाली भनेर मेड इन भियतनाम कोरिया भनेर बेच्नु आम उपभोक्तालाई ठगी गरेको र नेपाली सामन भनेर बेच्न राखेको ठाउँमा यस्तो सामन भेट्नुले आफू जस्तो नेपाली सामनलाई माया गर्नेहरुलाई निराश तुल्याएको बताए।
मारमा खुद्रा बिक्रेता
जुत्ता चप्पल उत्पादकहरुले मेला चलाउँदा जुत्ता जप्पल व्यापार चक्र भत्किदै गएको छ । जुत्ता चप्पलको होलसेल तथा खुद्रा व्यापार गर्नेहरु व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन् । प्रदर्शनी भनेको वस्तु तथा सेवाको प्रदर्शन हो । नयाँ उत्पादनहरु उपभोक्तालाई देखाउन, उनीहरुको रुची बुझ्न, मानिसहरुबाट पृष्ठपोषण लिन वस्तु तथा सेवाको प्रदर्शनी गर्ने अभ्यास संसारभर हुन्छ । तर, जुत्ता चप्पल उत्पादकहरुले प्रदर्शनी सेल मेला चलाउने काम गर्दै आएका छन् ।
चितवनमा जारी जुत्ता चप्पल मेला रोक्न माग गर्दै फेन्सी व्यवसायी संघ चितवनले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएकाे थियाे । औद्योगिक प्रदर्शनी केन्द्रमा फागुन १७ गतेदेखि सञ्चालित मेलाका कारण साना व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका थिय । त्यसैकाे असरका कारण आयोजकले आज समिक्षा बैठक गरेर सुझाब समेत लिएको हो । मेला भने निरन्तर चल्ने भएकाे छ ।
मेलामा जुत्ता जप्पल प्रदर्शनीको नाममा धेरै बेथिति चलेको व्यवसायीहरु बताउँछन् । ‘प्रदर्शनी भनेको छ, ड्यामेज पिसहरु सेलमा राखिएको छ । फेसन आउट भएको, पसलमा लामो समय नबिकेर उद्योगमा फिर्ता आएका सामान सेलमा राखिएको छ । बिल बिजक पनि जारी गर्दैन । प्रदर्शनीमा नेपाली जुत्ता भनेर विदेशी जुत्ता बेचिरहेको पाइन्छ । ‘
उत्पादकले होलसेलर र खुद्रा बिक्रेतालाई ३० देखि ४० प्रतिशत कमिशन दिएर जुत्ता चप्पल बजारमा पठाउने गरेका हुन्छन् । तर उद्योगीले उपभोक्तालाई २०/२५ प्रतिशत छुट दिएर तिनै जुत्ता चप्पल व्यापार मेलामा राखेका हुन्छन् ।
मूल्यको हिसावले उपभोक्तालाई पसलमा किन्नु भन्दा व्यापार मेलामा किन्दा फाइदा हुन्छ । त्यसैले मूल्यमा बढी ध्यानदिने उपभोक्ताहरु जुत्ता चप्पल व्यापार मेलामा गएर जुत्ता जप्पल किन्ने गर्दछन् ।
जुत्ता मेलाले नारायणगढ तथा वरपरकाे खुद्रा व्यापार चौपट भएको र बिक्रेतालाई पनि असर परेको बिक्रेताहरु बताउँछन् । प्रदर्शनी भन्दै उद्योगहरुले स्टकका जुता चप्पल बेच्न राखेकोले पसलमा हुने जुत्ता चप्पल व्यापार खत्तम भएको जुत्ता व्यापारी रेशम न्युरेले बताए ।
‘उत्पादकले नै जुत्ताको व्यापार गरिदिन्छ, उनीहरूले उत्पादन गरेका सामान नै हाम्रा पसलमा छन्, त्यहाँ राख्दा सामान बिक्री हुँदैन, त्यसै व्यापार घट्ने नै भयो, सस्तोमा जुत्ता त्यहाँ पाउने भएकाले हाम्रो सामान बिक्री पनि हुन छाड्यो,’ उनले भने ।
Discussion about this post