Nirvik Khabar

चितवनमा ४० जनाले लिए साइकल मर्मतको निःशुल्क तालिम

चितवन, भदौं ३०-

चितवन साइकल राइडर्स क्लबले साइकल मर्मतसम्बन्धी निशुल्क तालिम दिएको छ ।डी.आर साइकल स्टोर्स नारायणगढ चितवनसँगको सहकार्यमा आज एक दिने साधारण साइकल मर्मत तालिम भएको हो ।

भरतपुर–१० मा रहेको हिमालयन चियामा आयोजना भएको उक्त कार्यक्रममा ४० जनाले साइकल मर्मतसम्बन्धी तालिम लिएका साइकल राइडर्स क्लब चितवनका अध्यक्ष पदमबहादुर बानियाले बताए । उनले आजको कार्यक्रममा साइकल राइडर्सहरुलाई लामो दूरीको यात्रा गर्दा साइकलको अवस्था बारे लिनु पर्ने जानकारी साथै सामान्य मर्मत्को बारेमा पनि जानकारी दिएको बताए । उनले क्लबको तर्फबाट प्रत्येक शनिबार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न साइकल राइडमा जाने गरेको र जंगलमा साइकल बिग्रदा गाहे हुने गरेकोले यस किसिमको कार्यक्रम आयोजना गरेको बताए ।

डीआर साइकल स्टोर्सका सञ्चालक तथा क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले पहिला पहिला दैनिक जीवनमा सहजताका लागि प्रयोग हुँदै आएको साइकल अहिले प्यासनको रुपमा पनि साइकलिङ गर्नेको संख्या बढेको बताए । साइकलले स्वस्थ्यमा पनि फाइदा पु¥याउने हुनाले र यात्रामा सहजता प्रदान गर्ने हुनाले अहिले पनि साइकल प्रयोगकर्ता धेरै रहेको बताउँदै उनले साइकल चलाउनेले समान्य मर्मत गर्न जाने बाटोमा अलपत्र पर्न नपर्ने भएकोले यस क्लबसँगको सहकार्यमा तालिम दिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस