Nirvik Khabar

एटुजेड समाचारको आयोजनामा महिला सञ्चारकर्मीबीच तिज विशेष लेखन प्रतियोगिता

चितवन । केटीबी एड्भरटाईजिङ एजेन्सी एण्ड सर्भिसेज प्रालीद्धारा सञ्चालित एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीविच तिज विशेष लेखन प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मी विच “तीजको साँस्कृतिक महत्व र यसको प्रभाव ” बिषयक लेखन प्रतियोगिता गर्ने भएको हो ।

मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल माध्यम मार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।

चितवनबाट पत्रकारिता शुरु गरेर हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार ÷ सञ्चारकर्मीहरूलाई पुनः चितवन संग जोड्ने र मौलिक कला÷संस्कृतिको महत्व र गरिमालाई बचाईराख्ने गर्ने उद्देश्यले नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोर चन्द्र सापकोटाले जानकारी दिए ।सापकोटाको अनुसार सञ्चारकर्मीले उक्त लेखमा नेपाली भाषामा न्यूनतम एकजार दुईसय शब्दको हुनुपर्नेछ । सञ्चारकर्मीले प्रिति वा नेपाली युनिकोड फन्टमा प्रयोग गरी a2zsamachar2075@gmail.com मा २०८० भाद्र ३० गते अपरान्ह ४ बजेसम्ममा आफ्नो, स्थायी ठेगाना, सम्पर्क मोबाइल नं. र फोटो सहित पठाउनुपर्ने छ । समय सीमा भित्र प्राप्त भएका लेखहरूलाई भाद्र ३१ गते बिहान ११ बजेसम्म एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिने सापकोटाले बताए ।

फेसबुक पेजमा असोज २ गतेसम्म गरिएका लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको सूचना प्रविधि टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिनेछ ।आर्टिकल लेखनमा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।

आयोजक सस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्म मार्फत पनि प्रकाशित हुने र सामाजिक सञ्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २०% निर्णयको आधार छुट्टाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस