Nirvik Khabar

अष्ट्रेलियाको नेसनल लिडरसिप फोरममा नेपालका डा. दिनेश कोइराला ‘की नोट स्पिकर’

निर्भीक खबर
निर्भीक खबर

वरिष्ठ बाल शल्यचिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको नेसनल लिडरसिप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन्।१४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको तर्फबाट त्यहाँको पार्लियामेन्टमा सञ्चालन हुने सो फोरममा ‘की नोट स्पिकर’को रूपमा चुनिएका छन्।

युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरूका लागि अष्ट्रेलियामा आयोजना हुने ठूला सम्मेलनहरूमध्ये यो सम्मेलन एक हो।विभिन्न क्षेत्रमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वहरू लक्षित यो सम्मेलन लक्षित गरिन्छ।

यस सम्मेलनमा अष्ट्रेलियाका पार्लामेन्टका सिनेटर, पार्लियामेन्ट फिडरल एमपी, ठूला व्यवसायीहरू तथा अन्य युवा नेताहरूसँग विभिन्न क्षेत्रमा छलफल गर्ने तथा अनुभव साटफेर समेत गरिनेछ।

उक्त फोरमको कार्यकारी टिममा रहेका नेपाली व्यवसायी सागर लोहनीले यो वर्ष ‘की नोट स्पिकिर’ मा डा. कोइरालाको नाम सिफारिस गरेका थिए।जसलाई सो फोरमको कार्यकारी समूहले कोइरालाले समाजलाई पुर्याएको योगदानको आधारमा उनलाई चुनेको हो।

यस सम्मेलनमा सहभागी हुने नेपालबाट डा. कोइराला एक मात्रै व्यक्ति हुन्। चिकित्सकहरूमध्ये नेपालबाट अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने उनी पहिलो व्यक्ति हुनेछन्।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. कोइरालाको स्थाई घर पोखरा हो ।

बंगलादेशमा डा. कोइरालाले पिडिएट्रिक सर्जरीको ५ वर्षे कोर्ष अध्ययन गरेका छन् ।यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस गरेका उनले बंगलादेशबाटै अमेरिकन युनिभर्सिटी अफ ढाकाबाट एमपिएच अध्ययन गरेका छन् ।

कोभिड महामारीको समयमा नेपालमा सबैभन्दा धेरै सर्जरी गर्नेमध्येका सर्जियनका रुपमा डा. कोइराला सम्मानित व्यक्ति हुन् ।यस्तै २०७२ वैशाखको भूकम्पका समयमा धादिङ र सिन्धुपाल्चोकमा गई घाइतेहरूको उद्दार तथा उपचारमा सक्रिय उनलाई सरकारले राष्ट्र्रिय हिरोका रुपमा सम्मान समेत गरेको थियो ।

नेपालका दूर्गम गाउँहरूमा पुगी विभिन्न स्वास्थ्यसम्बन्धी शिविर गरि बिरामीहरूको उपचार गर्ने उनी अन्य प्राकृतिक प्रकोपका समयमा पनि धेरैको उद्दार तथा उपचारमा सक्रिय हुने चिकित्सक हुन् ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available